१ पुस २०८२, मंगलबार

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउँछौं: राजदूतहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता जनाएका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुको भनाई छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघले आयोजना गरेको भेटघाटमा उनीहरुले आफुहरुले कामगर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने प्रतिबद्धता जनाए ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, युएन. जेनेभाका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, क्यानडाका लागि लागि नेपाली राजदूत भृगु ढुंगानाले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको ‘सुखी नेपाली-समृद्ध नेपाल’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरुको निर्यात प्रवद्र्धनका लागि राजदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा गरेको उनले बताए ।

कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान मध्ये ९० प्रतिशत हिस्सा साना उद्योगहरुको रहेको जानकारी दिंदै कूल औद्योगिक रोजगारीको ७५ प्रतिशत रोजगारी र कूल औद्योगिक निर्यातको ८० प्रतिशत निर्यात यसै क्षेत्रबाट भएको बताए ।

घरेलु तथा साना उद्योग विभागको आर्थिक वर्ष २०७३/७४ को औद्योगिक तथ्याङ्क अनुसार मुलुकभर कुल ३ लाख ८६ हजार ५१२ घरेलु तथा साना उद्योग दर्ता भएर नविकरण भई हाल चालु रहेका उद्योग २ लाख ६४ हजार ०८६ रहेको बताउँदै उनले भने, ‘ती उद्योगहरुमा प्रस्तावित कुल पूँजी लगानी ३५ हजार ३१२ करोड लगानी भएको २४ लाख ६६ हजार ९९२ जना रोजगारी सिर्जना हुनेछ ।

राजदुताबास र अन्तरगतका निकायहरुमा लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको डिस्प्ले सेन्टरको आवश्यक व्यवस्था गराउनुका साथै नेपाली वस्तु तथा सेवाहरुको अधिकतम उपयोग एवं उपभोग गराउन अध्यक्ष सिंहले आग्रह गरे ।