१ पुस २०८२, मंगलबार

भुक्तानी तथा फछ्र्योट विधेयक सर्वसम्मतिले पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक फागुन २ गते ११ बजे बस्नेछ ।