१ पुस २०८२, मंगलबार

बैशाख १ गतेदेखि सेयर किन्दा प्यान अनिवार्य, ब्रोकरलाई निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर किन्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्चले बैशाख १ गतेदेखि प्यान अनिवार्य गरिनेउल्लेख गर्दै प्यान सहजीकरण डेस्क स्थापना गर्न निर्देशन दिएको हो ।

नेप्सेले आज एक परिपत्र जारी गर्दै प्यान लिने कार्यमा सहजीकरण गर्न ब्रोकर कार्यालयमा यथासक्दो चाँडो प्यान दर्ता सहजीकरण डेस्क राख्न निर्देशन दिएको हो।

बोर्डको कात्तिक १५ गते नेप्सेलाई पत्र लेख्दै अगामी २०७६ बैशाख १ गतेदेखि धितोपत्रको दोस्रो बजार मार्फत शेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य हुने गरि लागू गर्न आवश्यक पुर्व तयारी गर्न निर्देशन दिएको थियो ।

सेयर बजारमा प्यान लगाउने कुरा बाहिर आएपछि लगानीकर्ताहरुले बिरोध गरेका थिए । लगानीकर्ताका प्रतिनिधिहरुसँगको छलफलमा प्यान लगाउने विषय पछि सार्न तयार देखिएका नेप्सेका पदाधिकारीहरुले बोर्ड र अर्थ मन्त्रालयको तीब्र दबाब आएपछि प्यान अनिवार्य गर्ने भएको हो ।

‘धितोपत्रको दोस्रो बजार मार्फत धितोपत्रको कारोबार गर्नुहुने लगानीकर्ताले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको वेवसाइट मार्फत तोकिए बमोजिम स्थायी लेखा नम्बर लिन दर्ता प्रकृयाका लागि निवेदन दिन चाहेमा निज लगानीकर्ताको सहजीकरणका लागि त्यस कार्यालयमा स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेक्स तथा सो कार्य गर्नका लागि कर्मचारी समेत तोकी स्थायी लेखा दर्ता सहजीकरण गर्ने आवश्यक व्यवस्था यथासक्दो चाँडो गर्नुहुन निर्णय अनुरोध गरिन्छ,’ निर्देशनमा भनिएको छ ।