कामना सेवा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त « Eglish Khabarhub

कामना सेवा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त



काठमाडौं । कामना सेवा विकास बैंकको २६५ औ संचालक समितिको बैठकको निर्णय अनुसार फागुन ०१ गते देखि लागु हुने गरि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकउन्टेन्ट प्रविण बस्नेतलाई नियुक्त भएका छन् ।

विगत १८ वर्ष कार्यानुभव मध्ये १३ वर्ष देखि विभिन्न वाणिज्य बैंकहरुको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए ।

२०७५ साल मङ्सिर ८ गते देखि कामु। प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एन आइ सी एशिया बैंक र माछापुच्छ्रे बैंकमा आवद्ध रहनु भएको थियो ्र बस्नेत बैंकिंग क्षेत्रमा कन्ट्रोल्ड एग्रेशनसहितको नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नँया उचाईमा पुर्याउनु पर्छ भन्ने मान्यता राखेका छन् ।

Publish on: