२८ मंसिर २०८२, शनिबार

बैंकको ऋण र विमानस्थलको बक्यौता तिर्न नसकेको सौर्य एयर बिक्रीमा, भारतीयले किन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विमानस्तलको बक्यौता र बैंकको ऋण तिर्न नसकेर वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स बिक्री हुने भएको छ । भारतीय लगानीकर्ताहरुले सौर्य एयरलाइन्स किन्ने भएका छन् ।

बैंकको ऋणको सावाँ र ब्याज, विमास्थलको सेवा शुल्क र कर्मचारीको तलबसहित सौर्यले करिब ७० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छ । तर, सौर्य एयरका लगानीकर्ताहरुले यो रकम भुक्तानी गर्न सकेका छैनन् ।

स्रोतका अनुसार सौर्य एयरलाइन्समा भारतीय लगानीकर्ता आउने लगभग पक्कापक्की जस्तो भएको छ ।

‘सौर्य एयरलाइन्स भारतीय लगानीकर्तालाई बेच्नेमा धेरै चरणको प्रक्रिया अगाडि बढेको छ, सम्भवत यो साताभित्रमा सम्झौता हुन्छ,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

स्रोतका अनुसार अहिलेको लगानीकर्ताले भारतीय लगानीकर्ताललाई सेयर दिएर संयुक्त लगानीमा कम्पनी चलाउने प्रस्ताव गरेको छ । तर, केही विषय भने मिल्न बाँकी रहेको छ ।

सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थललाई ४ करोड रुपैयाँ सेवा शुल्क नतिरि दुई महिनाअघि उडान बन्द गरेको थियो ।

त्यसैगरी, १८ करोड रुपैयाँ सावाँ र त्यसको ब्याज भुक्तानी गर्न नसकेपछि गत पुस २७ गते जनता बैंकले ऋणीलाई ऋणा चुक्ता गर्न आउनका लागि ३५ दिने सूचना निकालेको थियो । आज (फागुन) २ गते ३५ दिने सूचनाको समयावधि सकिएको छ ।

दीपक खरेल सहित १५ जनाको नामसहित बैंकले सूचना जारी गरेको थियो ।

‘हामी भोलि नै धितो लिलामीको प्रक्रिया अघि बढाउने सोचमा थियौं तर नयाँ लगानीकर्ताको समूहले पनि एक हप्ता लिलामीको सूचना ननिकाल्न आग्रह गरेको छ,’ जनता बैंक स्रोतले भन्यो, ‘हप्तादिनमा पनि हाम्रो ऋण चुक्ता भएन भने सम्पत्ति लिलामी गरेर असूल गर्छौं ।’

त्यसैगरी, सौर्य एयरले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको ३५ करोड ऋण र त्यसको ब्याज पनि तिर्न सकेको छैन । इन्भेष्टमेन्ट बैंकले पनि ऋण भुक्तानी गर्न आउने सूचना निकाल्ने तयारी गरिरहेको छ ।