१ पुस २०८२, मंगलबार

अमेरिका र चीन व्यापार सम्झौता गर्न इमान्दार छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । व्यापार विवादबारे चीनमा भएको वार्ता पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिकी व्यापार विज्ञहरूले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार सम्बन्धमा सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया शनिबार दिएका छन् ।

‘यो प्रष्ट भएको छ कि दुई पक्षबीच विस्तारै तर विधिसम्मत तरिकाले प्रगति भएको र मुलभुत एवम् सहायक बिषयहरूमा यस हप्ता पुनः वासिङ्टनमा वार्ता हुने प्रसङ्गले दुवै मुलुक व्यापार सम्झौताप्रति प्रतिवद्ध देखिएका छन्,’ वासिङ्टनस्थित ‘इन्स्टिच्युट फर चाइना–अमेरिका स्टडिज’ का विरिष्ठ विचारक सौरभ गुप्ताले भने ।

गुप्ताले चिनियाँ समाचार संस्था सिन्ह्वालाई भने, ‘चीनमा भएको वार्तापछि लगत्तै आगामी हप्ता अमेरिकामा छलफल गर्ने सहमति गर्नु वार्ताकारको विवादलाई छिट्टै टुङ्गोमा पु¥याउने इमान्दार प्रयत्न हो र यसबाट दुबैपक्ष छलफलप्रति सकारात्मक बनेको बुझ्न सकिन्छ ।’

‘चीन र अमेरिका व्यापार विवादका कारण सन् २०१८ मा दुबैले अर्काको सामान आयातमा गरेको करवृद्धिबाट आर्थिक पीडामा परेको अनुभुति गरेका छन्,’ बैंक अफ अमेरिका मेरिल लिन्चका विश्व अर्थतन्त्र अनुसन्धान कार्यक्रमका प्रमुख इथान ह्यारिसले भने ।