२९ मंसिर २०८२, आइतबार

गंगालाल अस्पतालले ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग रोग केन्द्रले ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

केन्द्रले आज एक सूचना मार्फत बैंक तथा वित्तीय संस्थालाई आफूले दिन सक्ने व्याज सहित यही फागुन १२ भित्र आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रले बैंक तथा वित्तीय संस्थालाई अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, अन्तिम ३ वर्षको नाफा नोक्सान विवरण, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात र पूँजी पर्याप्तता कोषको बारेमा समेत जानकारी गराउन भनेको छ ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न अनुमति पाएका बैंकले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।