सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा पनि सुरु « Eglish Khabarhub

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा पनि सुरु



सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु भएको छ।

यो सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढी एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर,युके बाट  मोबाईल एप् र ईन्टरनेट बैंकिङ्मार्फत पनि सहजतरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले हस्ताक्षर गरे ।

Publish on: