बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने सेवा शुल्कमा कडाई, ऋणीलाई फाइदा « Eglish Khabarhub

बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने सेवा शुल्कमा कडाई, ऋणीलाई फाइदा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा लिने सेवा शुल्कमा कडाई हुने भएको छ ।

अहिले बैंकहरु अनुसार सेवा शुल्क लाग्दै आएको छ । ऋण स्वीकृत गर्दा बैंकले सेवा शुल्कको नाममा स्वीकृत भएको ऋणको डेढ प्रतिशतसम्म सेवा शुल्क लिदै आएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत सेवा शुल्क घटाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ग्राहकसँग लिने प्रशासनिक सेवा शुल्क तथा प्रतिबद्धता शुल्कलाई ब्यवस्थित बनाउँदै ग्राहकको कर्जा सम्बन्धी लागत कम गर्न आवश्यक व्यवस्था मिलाइने मौद्रिक नीतिको मध्यावधी समिक्षामा उल्लेख छ । राष्ट्र बैंकले यसलाई निर्देशिका बनाएर कार्यान्वयन गर्ने छ ।

Publish on: