२९ मंसिर २०८२, आइतबार

भेगास सिटी बनाउन सुधीर बस्नेतले तयार पारे यस्तो डीपीआर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समस्याग्रस्त सहकारी संस्था तथा संघको व्यवस्थापन समितिले भेगास सिटी निर्माणको विस्तृत परियोजना रिपोर्ट तयार पार्न निर्देशन दिएपछि घरजग्गा व्यवसायी सुधिर बस्नेतले डिपिआर तयार गरि समितिमा पेश गरेका छन् ।

डिपिआर पेश गरेका बस्नेतले डिपिआरको अध्ययनपछि भेगास सिटीको बाँकी काम कम्पनी सञ्चालकले गर्ने वा समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले गर्नेबारे लिखित जवाफ माग गरेका छन ।

समितिको जवाफ माग्दै उनले भनेका छन्– अबको दिनमा काम कम्पनीले गर्ने हो ? वा व्यवस्थापन समितिले गर्ने हो ? भन्ने कुरा समेत एकिन हुनु जरुरी छ ।

सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)

काम कम्पनी संचालकले गर्ने वा व्यवस्थापन समिती स्वयमले गर्ने सोको जानकारी आम सरोकारवालाले पाउने छन, व्यवस्थापन समितिले जिम्मेवारपूर्ण ढंगले जवाफ दिने नै छ भन्ने लागेको छ ।

डिपिआर तयार गर्दा बजार मुल्य, श्रमिक ज्याला, बनाउन लाग्ने खर्च समेतको विवरण साथ बास्तविकताको आधारमा तयार गरेको समेत उनको दावी छ ।

त्यसैगरी निर्माणको लागि आवश्यक रकम अभावका कारण भित्री भागको फनिसिङ गर्न पाउने जसले लागतमा समेत कमी आइ र व्यक्तिगत पुर्जा बनाउन समेत चाँडो हुने उल्लेख गरिएको छ ।

डिपिआर तयार गर्दा कुल भवनको ए, वि, सि, डि, इ, एफ मा २१ वटा विल्डिङमा रहेका ५७० वटा फल्याटहरुमा परिवर्तन भएको छ । व्लक ए लाई रद्ध गरि उक्त स्थानमा साना व्यक्तिगत कुल ३० वटा घर बनाउने र ६ महिनाभित्र निमार्ण सम्मन्न गरिने र ती घरहरु तुरुन्ट विक्री भई बैंक कर्जा र अन्य खर्च भुक्तानीमा सहज हुने उल्लेख गरिएको छ ।

त्यसै गरि विडिङ बि मा १२ तल्लाको डिजाइन भए पनि ५ महिनाभित्र पुर्जा निकाल्ने प्रयोजनका लागि १० तल्लासम्म मात्र निर्माण गरिने बताइएको छ ।

बिल्डिङ सि र डि मा भने हालको डिजाइनमा परिवर्तन गरि ५ वटा १२ तल्लाको विल्डिङ बनाउने योजना बनेको छ । त्यसै गरी बिल्डिङ एफ डिजाइन अनुसार नै १२ तल्लाको बनाइने डिपिआरमा उल्लेख छ ।

यसरी भेगास सिटी निर्माणको डिपिआर तयार पार्दा पहिलाको डिजाइनमा केहि परिवर्तन गरेका छन् ।

अपार्टमेण्टको साविकको डिजाइन परिवर्तन लगायतको सम्बन्धमा सरकारी स्तरबाट परिआउने बाधा व्यवधानको समाधानको अपेक्षा समेत कम्पनी सञ्चालक बस्नेतले गरेका छन् ।

यस्ताे छ डिपिअार