संस्थापकलाई साधारणमा परिणत गर्न नबिल बैंकको सेयर कारोबारमा यसरी भयो इन्साइडर ट्रेडिङ « Eglish Khabarhub

संस्थापकलाई साधारणमा परिणत गर्न नबिल बैंकको सेयर कारोबारमा यसरी भयो इन्साइडर ट्रेडिङ



काठमाडौं । नबिल बैंकले फागुन २५ गते गर्ने ३४ औं वर्षिक साधारण सभामा लैजान लागेको विशेष प्रस्तावले सेयर बजारमा इन्साइडर ट्रेडिङ भएपनि नियामक निकाय धितोपत्र बोर्ड भने कानमा तेल हालेर बसेको छ ।

बैंकले आगामी साधारण सभामा विशेष प्रस्तावको रुपमा ‘बैंकको तत्कालीन संस्थापक सेयरधनीहरु मध्येका एक एन आईडिसी डेभलपमेन्ट बैंकले साविकमा सार्वजनिक बोलकबोल मार्फत बिक्री गरेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरधनी समूहमा परिवर्तन गर्न बैंकको सञ्चालक समितिको सिफारिससहित नेपाल राष्ट्र बैंकको स्वीकृतिको निमित्त निवेदन दिई आवश्यक स्वीकृती समेत प्राप्त भइसकेको हुँदा सोहि अनुरुप सेयर समूह परिणत गर्ने’ प्रस्ताव लैजाने भएको छ ।

बैंकले यस्तो प्रस्ताव ल्याउँदा बजारमा खुलेआम इन्साइडर भएको लगानीकर्ता तथा ब्रोकरहरुको भनाई छ । बैंकमा यतिबेला सर्वसाधारण, बिशेष संस्थापक (एनआईडिसीबाट बेचिएको) र सामान्य संस्थापक सेयर गरी तीन प्रकारमा सेयर रहेको छ । जुन अन्यत्र कँही पनि हुँदैन । एनआईडिसीबाट बेचिएको सेयर संस्थापक नबिलको रूपमा बजारमा कारोबार भइरहेको छ भने अर्कोसहित दुई प्रकारको संस्थापक रहेको छ । राष्ट्र बैंकको व्यवस्थालाई मान्ने हो भने एक प्रकारको मात्र संस्थापक सेयर राख्नुपर्ने व्यवस्था गरेको छ ।

बैंकले साधारण सभामा एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रस्तावलाई लगानीकर्ताहरुले अनौठो प्रस्तावको रुपमा लिएका छन् । एउटै बैंकमा तीन प्रकारको सेयर हुने र त्यो पनि एक समूहको उती हिसाको सेयर त चाँही बेच म राख्नु भन्ने अनौठो प्रस्ताव लैजान लागेको छ ।

उक्त दश प्रतिशत संस्थापकलाई सर्वसाधारणमा लैजाने चर्चा गरेसँगै लगानीकर्ताहरुको ध्यान पनि संस्थापन तिर गएको छ । यसले गर्दा सेयर मूल्यमा पनि असर परेको छ । बैंक आफैले सूचना चुहाउनाले मूल्यमा चलखेल भएको लगानीकर्ताको भनाई छ ।

बैंकले सबै संस्थापकलाई समान हिस्सा दिनुपर्नेमा एक पक्षलाई मात्रै सेयर बेच भन्नु न्यायोचीत नभएको बताइन थालिएको छ ।

एउटै बैंकको दुई संस्थापक सेयर रहेको र दुईमा पनि एक मात्र बेच्न खोज्दा बजारमा गतल सूचना जानेहुँदा इन्साइडर भएको हो । प्रमोटर पब्लिकमा आउनु भन्नु नै चलखेल गर्ने माध्यम भएको एक अग्रज लगानीकर्ता बताउँछन् । संस्थापक मध्ये पनि यसमा चाँही बढी म्यूचुअल फण्डहरुको धेरै लगानी रहेको छ ।

यसमा धेरै नै इन्साइडर भएको चर्चा चुलिएसँगै यस विषयमा जानकारी लिन धितोपत्र बोर्डसँग सम्पर्क गर्दा त्यहाँ सम्पर्क हुन सकेन । यद्यपी बोर्डले चाँडै नै इन्साइडरको कानून ल्याउने जनाएको छ । त्यो कानून कहिले ल्याउने र यस्ता कम्पनीलाई कस्तो कारबाही हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

Publish on: