काठमाडौँ । ‘काठमाडौँ मल व्यापार सङ्घ’ले कर्मचारी सञ्चय कोषलाई विचौलिया जन्माउने काम नगर्नको लागि आग्रह गरेको छ । अर्बौै लगानी गरेर मलमा व्यापार सञ्चालन गर्दै आएका व्यापारीहरूले विचौलियाका कारण त्रास फैलिएको बताएका छन् ।
व्यापारीहरूले मङ्गलबार पत्रकार सम्मेलन गर्दै मलको नाफा विचौलियले लिएको भन्दै सङ्घका अध्यक्ष सुषमा महराले सञ्चय कोष आफैँ आएर व्यवस्थापन सम्हाल्ने पनि पुन ठेकेदारलाई ठेक्का दिएपछि समस्या सृजना भएको बताइन । कोषले अहिले २१ दिन भित्र उक्त ठाउँ खाली गर्न निकालेको सूचना न्याय सङ्गत नभएको बताइन् । उनले यसबाट व्यापारीहरूको अर्बौ रुपैयाँ नोक्सानी हुने धारणा राखिन् ।
सञ्चय कोषले फागुन ५ गते सूचना प्रकाशित गर्दै २१ दिनभित्र व्यापारीहरूलाई भवन खाली गर्न निर्देशन दिएको थियो । कोषको स्वामित्वमा रहेको उक्त भवनलाई कर्पोरेट हाउस बनाउने भन्दै पसल हटाउन निर्देशन दिएको थियो ।
अध्यक्ष महराले मललाई व्यवस्थित गर्न र २०६२ सालदेखि व्यापार गरिरहेका व्यापारीहरूको हितलाई मध्य नजर गरेर काम गरिदिन तथा विचौलिय जन्माउने र पैसाको चलखेल गर्न नदिन सञ्चयकोषलाई आग्रह गरेकी छिन् ।
उनले त्यहाँ ढुक्क भएर व्यापार गर्ने वातावरण बनाउनको सट्टा फेरि पनि अस्थिरता सिर्जना गरेर सञ्चयकोषले समेत त्रासपूर्ण वातावरण बनाउने काम गरेको आरोप लगाइन् ।
कोषले दुई महिना बितिसक्दा पनि भाडा निर्धारण गर्न सकेको छैन । यस्तै प्रत्येक सञ्चयकोषका कर्मचारीले कहिले कर तथा कहिले नगरपालिकाले सम्पूर्ण भवनमा कार्यालय राख्ने भन्दै व्यापारीहरूले भवन पूर्ण रूपमा खाली गर्नुपर्ने भन्ने भ्रमपूर्ण कुरा गर्दा व्यापारीहरू आत्म हत्याको बाटो रोज्ने अवस्था पुगेको उनको तर्क छ ।
SHARE YOUR THOUGHTS