ग्लोबल आईएमई बैंकका थप ३ वटा शाखारहित बैकिङ सेवा सञ्चालनमा « Eglish Khabarhub

ग्लोबल आईएमई बैंकका थप ३ वटा शाखारहित बैकिङ सेवा सञ्चालनमा




काठमाडौ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिको अमलाचौर, डोटी जिल्लाको के. आई. सिहं गाउँपालिकाको तिखातर र रोल्पा जिल्लाको लुंग्री गाउँपालिको सिर्पमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा शुरुवात गरिएको हो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, युटिएल, सिडिएमए को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सकिने बैंकले बताएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

Publish on: