एचआरमिटको १२ औं संस्करण फागुन ३० र चैत १ मा « Eglish Khabarhub

एचआरमिटको १२ औं संस्करण फागुन ३० र चैत १ मा



काठमाडौं । मानव संसाधन मेला(एचारमिट)को १२ औं संस्करण ‘एच आर मिट’ फागुन अन्तिममा हुने भएको छ । फागुन ३० र चैत १ गते हुने सम्मेलन प्रविधिको युगमा मानव संसाधन भन्ने नारा सहित हुन लागेको हो ।

आयोजक ग्रोथ सेलर्सले राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने सम्मेलनमा मानव संसाधनका विषयमा आफना सत्रहरु प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तराष्ट्रिय वक्ताहरु हुने बताएको छ । इकम एक्स्प्रेस प्रालि का वरिष्ठ उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकृत सौरभ दिप सिङ्गला सम्मेलनका प्रमुख वक्ता हुने आयोजक सेलर्सको भनाई छ ।

३ सय भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरुलाई लक्षित यस कार्यक्रमका प्रमुख आर्कषणमा प्रमुख कार्यकारी अधिकृतहरु तथा मानव संसाधन विज्ञहरु ‘इन्भेष्टमेन्ट एण्ड इम्लीमेन्टेशन इन एच.आर टेक्नोलोजि ः ए वेय फरर्वाड ’ का विषयमा समूहगत छलफल चलाउने आयोजकको योजना रहेको छ ।

त्यसै गरी तीन भिन्न विषयहरुमा समानान्तर सत्रहरु रहने बताइएको छ ।

जसमा ‘हाई एट्रशन रेट ः ए च्यालेन्ज ,डिलिङ विथ डिवाड इन अर्गनाइजेशन , रोल अफ एच आर इन स्टेरमलिङ लनिङ एण्ड डेभोल्पमेन्ट’ । त्यसैगरी प्यानल अन्तरवार्ताको विषय ‘प्ल्नास एण्ड पोलिटिक्स टु स्र्टेन्थन हुयुमन क्यापिटल ’ रहनेछ र हामीले आफनो कामको दौरानमा सामना गर्ने तनाबको न्युनिकरणका लागि ’काम र जीवनमा सन्तुलन’ विषयक एक सत्र रहने छ । अर्को प्यानल छलफलको सत्र ’हाउ टु डिल विथ वर्कपेल्स ह्यारसमेन्ट‘ सँग सम्वन्धित रहनेछ ।

हामीले त्यस बेला (२००८ं देखि मानव संसाधन मेला आयोजना गरिरहेका छौं, जब धेरै कम संस्थाहरुमा मात्र मानव संसाधन विभाग हुने गर्दथ्यो । त्यस बेला देखि नै, हामीले निरन्तर रुपमा आफैंमा नौलो यस किसिमको सम्मेलन मानव संसाधनलाई सुदृढ गर्न, सशक्तीकरण गर्न तथा अझ सुसञ्जित गर्न अयोजना गरिरहेका छौं भनेर मानव संसाधन भेला आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रवन्ध निर्देशक मोहन ओझाले बताए । उनले अहिले परिस्थिति बदलिएको र मानव व्यवस्थापनमा धेरै प्रविधिको विकास देखेको बताए ।

विभिन्न संस्थाहरुमा १५ सय भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरु कार्यरत छन् ।
मानव संसाधनमा प्रविधिको महत्वलाई जोड दिदै उनले भने यस वर्षको नारा ‘प्रविधिको युगमा मानव संसाधन । हामी सबैले थप एच आर प्रविधि बारे बुझनुपर्छ र त्यसका लागि लाग्नुपर्छ,’ उनले भने, ‘हामी अझै विकास कै सुरुवाती चरणमा छौं जहाँ व्यवस्थापनले मानव शक्ति र प्रविधिको महत्वका बारे बुझनु आवश्यक छ । यसको अभावमा रोजगारदाताहरुले आफनो परिकल्पना हासिल गर्न सक्दैनन् । ’

आयोजकहरुको अनुसार ठूला व्यवसायिक प्रतिष्ठान, बैंकिङ्ग , उत्पादन सूचना प्रविधि , संस्थान, गैसस र विभिन्न क्षेत्रको गरी ३ सय जना सहभागी हुने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष भने २६० जना सहभागि भएको आयोजकले जनाएको छ । यस्तै मानव व्यवस्थापनमा इच्छुक मानव संसाधन र गैर मानव संसाधन पेशाकर्मीहरु कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ ।

Publish on: