काठमाडौं । हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक विदा दिने जनाएको छ । मन्त्री अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरिने भएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । मन्त्रिपरिषद्ले अकल्पनीय, अप्रत्यासित र दुःखद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति पुगेको ठहर गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ ।
घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले चार सदसीय छानविन समिति गठन गरेको छ । यज्ञप्रसाद गौतमको नेतृत्वमा गठित समितिमा सहायक रथी दीपकप्रसाद वास्तोला, पूर्व महासेनानी क्याप्टेन प्रमोद लामा सदस्य छन् भने सरकारका सहसचिव वुद्धिसागर लामिछाने सदस्य सचिव रहने छन् ।
SHARE YOUR THOUGHTS