३० मंसिर २०८२, सोमबार

यति र तारा एयरलाइन्सले शुक्रबार उडान नभर्ने, यात्रुहरुलाई बैकल्पिक व्यवस्था गर्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । के तपाईले भोलि (शुक्रबार) यति र तारा एयरलाइन्सको उडानमा टिकट लिई यात्रा गर्ने सोचमा हुनुहुन्छ ? यदि हो भन्ने अव यात्रुहरुले त्यो यत्रालाई स्थगित गर्ने वा अन्य सुविधा चयन गर्नुपर्ने भएको छ ।

सम्पूर्ण उडानहरु शुक्रबारलाई स्थगित गरिएका छन् । एयरलाइन्सले आफ्ना प्रबन्ध निर्देशकको दुखद मृत्यु भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरेको छ ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङस्थित पाथिभराको दर्शका लागि गएका थिए । पाथिभराको दर्शन सकेर काठमाडौँ फर्किने क्रममा दारेभीरमा हेलिकप्टर दुर्घटना भएको थियो ।

उक्त हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षकको निधन भएको थियो ।