ऊर्जामन्त्री पुन अस्वस्थ भएपछि अस्पताल भर्ना, प्रधानमन्त्रीले नर्भिक पुगेर लिए जानकारी « Eglish Khabarhub

ऊर्जामन्त्री पुन अस्वस्थ भएपछि अस्पताल भर्ना, प्रधानमन्त्रीले नर्भिक पुगेर लिए जानकारी



काठमाडौं । ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अचानक अस्वस्थ भएपछि आज अपराह्न उपचारार्थ स्थानीय नर्भिक अस्पताल भर्ना भएका छन् ।

मन्त्री पुन अस्पताल भर्ना हुनभएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पताल पुगेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्रीले मन्त्री पुनको उपचारमा हरसम्भव प्रयत्न गर्न चिकित्सकहरूलाई अनुरोध गर्नुभएको अस्पतालले जनाएको छ । मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाल, पूर्वगृहमन्त्री जनार्दन शर्मा, गृहसचिव प्रेमकुमार राईले जानकारी लिएका थिए । रासस

Publish on: