पाँचथर पावरको साधारण सेयरमा माग भन्दा २.१५ गुणा बढी आवेदन « Eglish Khabarhub

पाँचथर पावरको साधारण सेयरमा माग भन्दा २.१५ गुणा बढी आवेदन



काठमाडौं । पाँचथर पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा माग गरेको भन्ददा २.१५ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ८१ हजार ८१० जनाले ३५ करोड १ लाख ८७ हजार रुपैयाँ बराबरको ३५ लाख १ हजार ८७० कित्ता आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका १६ लाख २७ हजार ७३३ कित्ता सेयर खुला गर्ने भनेपनि आयोजना प्रभावित स्थानीयले आवेदन नदिएको ७ लाख ८७ हजार ७५० कित्तासहित १७ लाख ५० हजार २५० कित्ता सेयर निष्कासन गरेको थियो ।

जसबाट कर्मचारीलाई ३५ हजार ५ कित्ता र सामूहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएरको थियो । कम्पनीले पाँचथरको फिदिम नगरपालिका, हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीयलाई ९ लाख ६२ हजार ५०० कित्ता सेयरका लागि आवेदन खुला गरेको थियो । जसमा एक लाख ७४ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।

यो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । कम्पनीले १४.९ मेगावाटको ‘हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

Publish on: