घरेलु महिलालाई रोजगारी दिन यस्तो स्किम: ५०% छुटमा ल्यापटप, साढे ५ सयमा इन्टरनेट « Eglish Khabarhub

घरेलु महिलालाई रोजगारी दिन यस्तो स्किम: ५०% छुटमा ल्यापटप, साढे ५ सयमा इन्टरनेट



काठमाडौं । पछिल्लो समयमा नेपालमा पनि विज्ञान प्रविधिको क्षेत्रमा ठूलो विकास भएको मानिन्छ । हरेकका हात हातमा स्मार्ट फोन पुगेका छन् । रोजगारीको अवसर पनि बढेको बताइन्छ । तर संस्थागत रुपमा विज्ञान तथा प्रविधिको प्रयोग गरेर रोजगारीको सिर्जना गर्ने विषयमा कुने पनि सकारात्मक प्रयास भने भएको छैन ।

घरमै रहने महिलालाई त विज्ञान तथा प्रविधिको विकासले फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाल मात्रै चलाउन सिकाएको छ । तर रोजगारी कसरी खोज्ने र कसरी आर्थिक उपार्जन गर्ने भन्ने बारेका कुनै पनि जानकारी दिइएको छैन ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट पनि त्यस्तो कुने प्रयास भने भएको छैन । घरमै बसेर पनि विज्ञान प्रविधिको प्रयोगबाट प्राप्त प्रतिफललाई रोजगारीमा रुपान्तरण गर्न सकिन्छ भन्ने बारेका कोही कसैले चासो दिएका छैनन् ।

तर भारतमा भने एउटा यस्तो स्किम अगाडि सारिएको छ । जुन घरमै बसेर पनि रोजगार हुन सकिन्छ र राम्रो कमाई गर्न सकिन्छ ।

कूल ५० हजार घरेलु महिलालाई पहिलो स्मिकमा राखेर २ अर्ब ७० करोड भारु खर्च गर्ने लक्ष्य राखिएको छ । पहिलो चरणम ३ वर्षको अवधि राखेर घरमै रहने महिलालाई रोजगार बनाउन त्यस्तो प्रयास गरिएको हो ।

भारतको आइटी मिनिस्ट्रिीकाअनुसार काम नपाएका बेरोजगार रहेका महिालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा जोड्ने र उनीहरलाई रोजगार बनाउन खोजिएको छ ।

कन्ट्रयाक्ट बेस जब नाम दिइएको त्यस्तो स्किममा कुनै पनि प्रकारको थप सुुविधा दिन नपर्ने र तोकिएको काम घरमै अनलाइन मार्फत गर्न सकिनेछ । त्यसमा कमाई पनि राम्रो हुने भारत सरकारको विश्वास रहेको भारतीय पत्रिका हिन्दुले उल्लेख गरेको छ । सन् २०१६ मा नै त्यस्तो एउटा स्किम अगाडि सारिएको थियो । जसबाट १ लाख ४५ हजारले रोजगारी पाएका थिए ।

सरकारले ५० प्रतिशत छुटमा ल्यापटप उपलब्ध गराउने छ । यस्तै स्मार्ट फोनमा पनि ५ हजार बराबरको सहयोग गर्ने छ भने ३५० मा ब्रोडव्याड इन्टरनेट उपलब्ध गराउने छ ।

आफूले प्राप्त गर्ने तलब भने आधार कार्डसहितको यूनिर्भसल एकाण्ट नम्बर दिएपछि उपलब्ध हुनेछ । होम स्किम इम्प्लोएर नाम दिएर घरमा बेरोजगार रहेका विज्ञान प्रविधिमा पोख्त महिलालाई त्यस्तो अवसरले काम गर्ने विश्वास लिइएको छ ।

घरमै बसेर काम नाम दिइएको उक्त अवसरमा घरमै बसेर अनलाइनमा काम गर्ने र त्यसबाट उचित प्रतिफल पनि प्राप्त गर्ने विश्वास लिइएको छ ।

Publish on: