सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा छैन चमक « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा छैन चमक



काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै सामान्य तलमाथी भएको बजार अन्तिम समयमा आएर २.०६ अंकले बढेर १ हजार १०२.६४ बिन्दुमा रोकिएको छ ।

यो दिन १७४ कम्पनीको ७ लाख ३३ हजार ४३३ कित्ता सेयर २२ करोड ५२ लाख ३१ हजार ४४३ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन ११ उप समूहको कारोबार हुँदा व्यापार र अन्य समूहको सूचकमा गिरावट देखिएको छ । सबै भन्दा बढी उत्पादन तथा प्रशोधन २८.६१, जीबन बीमा १२.१४, जलविद्युत ४.९८, बैंकिङ समूहको सूचक २.०४ अंकले बढेको छ ।

मंगलबार कारोबार रकमको हिसाबमा सबै भन्दा बढी एसिएन लाइफको देखिएको छ । यसको २ करोड २६ लाख १६ हजार ११४ रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रोमा नेपाल लाइफ र एनआईसी एसिया बैंक रुहेका छन् ।

मंगलबार गुमाउनेमा सुर्योदय लघुवित्त वित्तीय संस्था,सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्सका लगानीकर्ता रहेका छन भने गुमाउनेमा सिन्धु विकास बैंक,घलेम्दी हाईड्रो, जोशी हाईड्रोपावरका लगानीकर्ता रहेका छन् ।

Publish on: