रेशम चौधरीलाई जन्मकैदको फैसला « Eglish Khabarhub

रेशम चौधरीलाई जन्मकैदको फैसला



धनगढी । जिल्ला अदालत कैलालीले टिकापुर घटनाका मूख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । साढे ३ वर्षअघि कैलालीको टिकापुरमा ८ प्रहरीसहित एक नावालकको ज्यान जाने घटना घटेको थियो ।

२०७२ भदौ ७ गते भएको उक्त घटनाको मूख्य आरोपी चौधरी थिए । घटनापछि उनी फरार थिए । तर, गत निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेद्वारी दिएका चौधरीले चुनाब जितेका थिए ।

तर, चौधरीले चुनाव जितेपनि फरार अभियुक्त भएका कारण लामो समय सफथ लिन पाएका थिएनन् ।

चौधरीले प्रहरीसामू आत्मसमर्पण गरेका थिए । प्रहरी हिरासतमै रहेका बेला सभामुख समक्ष सांसदको सफथ लिएका थिए । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।

Publish on: