काठमाडौं । बुधबार कारोबारको सुरुका केही समय सामान्य उतारचढाव देखिएको सेयर बजार अन्तिम समसयम्म आईपुग्दा नेप्से सूचक ९.१२ अंकले बढेर एक हजार १११.७६ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०३ अंकले बढेको छ । यो दिन १६९ कम्पनीको ८ लाख २६ हजार १३ कित्ता सेयर २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन १० वटा उपसमूहको कारोबार हुँदा सबैमा हरियाली छाएको छ । सबै भन्दा बढी जीवन बीमा समूहको ९६.१४ अंकले बढेको छ । निर्जीबन बीमा समूहको ६७.५६, होटल २५.४४, बैंकिङ ७.२३ अंकले बढेको नेप्सेले जनाएको छ ।
बुधबार कारोबार रकमका आधारमा एनसीसी बैंक अग्रस्थानमा देखिएको छ । बैंकको एक करोड ४६ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
यो दिनको कारोबारमा कमाउनेमा हाथवे फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, रैराङ हाईड्रोपावरका लगानीकर्ता भएपनि गुमाउनेमा घलेम्दी, ग्रिन डभेलपमेन्ट बैंक, नबिल प्रगति फण्डका लगानीकर्ता रहेका छन् ।
SHARE YOUR THOUGHTS