काठमाडौं । अर्वपतिको सूचीमा रहेका किशोर बियानीले अमेरिकामा रहेको सेभन-इलेभन स्टोर भारतमा सञ्चालन गर्ने भएका छन । शेभन-इलेभन कन्भेनियन्स स्टोरका नामबाट परिचित उक्त स्टोर जापानिहरुको स्वामित्वमा रहेकोे छ ।
भारतीय उपभोक्ताहरुका लागि सेभन–इलेभन स्टोर ल्याउन उनलाई बाटो खुलेको छ । बम्बई स्टक एक्सचेन्जका अनुसार उनले मास्टर फ्रेन्चाइज सहमतिमा हस्तास्क्षर गरेका छन । पहिलो स्टोर सन २०१९ मा नै शुरुवात हुने अपेक्षा गरिएको छ । सेभन–इलेभन विश्वको सबैभन्दा ठुलो शुलभ स्टोर रिटेलर हो जुन सम्भवत भारतका लागि भने नयाँ ढाँचा हुनेछ ।
निकट भविष्यमै शुरु हुन लागेको स्टोरमा दैनिक उपभोग्य बस्तुहरु जस्तै आधारभूत र महत्वपुर्ण सामान, व्यक्तिगत हेरचाहका लागि उत्पादित शेम्पु, मञ्जन लगायतका उत्पादन पाइनेछ । त्यसैगरी मोजा र अन्डरगार्मेन्ट, स्यान्डविच जस्तै अन्य पकाएका र पकाउन पर्ने खाद्य पदार्थ, औषधि, वियर तथा जुस पाइने टेक्नोपाकका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर अर्भिन्द सिङघलले बताए ।
भारतमा सुख्खा खाद्यान्न बेच्दै आएको मम एण्ड पप स्टोरलाई लक्षित गर्दै अध्यक्ष तथा म्यानेजिङ डाइेक्टर सिङघलले भने– ‘यो भारतका किराना पसल जस्तो पक्कै होइन ।’
पछिल्लो समय भारतको खुद्रा बजार उदयमान युवाहरुको पकडमा गई आधुनिक, संगठित व्यापार र इ–कमर्शका रुपमा विकसीत भइरहेको छ । भारतमा आधुनिक र परम्परागत दुबै खाले स्टोर चलिरहेका भएपनि परम्परागत रुपमा चलिरहेका मम एण्ड पप स्टोर र स्ट्रीट मार्केट माथि युवाहरुले चलाएका आधुनिक स्टोर हावि हुँदै गएका छन ।
अहिले टेक्नोपार्कले मार्केटमा आफ्नो हिस्सा १७० मिलियन डलर रहने र त्यो आगामी पाँच वर्षमा १३०० मिलियन डलर पुग्ने अनुमान गरेको छ । दिल्लीमा रहेको ट्वान्टी फो सेभन कन्भेनियन्स स्टोर अहिले भारतको चर्चित स्टोर हो । यसका मालिक भारतीय उद्यमी के.के मोदी हुन जो सन २०१२ मा फोर्वको सबैभन्दा धनी भारतीयको सुचिमा परेका थिए ।
के.के मोदीको स्वामित्वमा रहेका उद्योगहरुले चुरोट, चिया, पेयपदार्थ, मिठाई जस्ता खाद्य पदार्थ बनाउँदै आएका छन । अहिले उनको स्वामित्वमा रहेको स्टोरका दिल्लीमा मात्रै ४८ वटा शाखा रहेका छन र यो सङख्यालाई आगामी पाँच वर्षमा दोब्बर बनाउने उनको योजना रहेको छ ।
SHARE YOUR THOUGHTS