नयाँ समूहले किनेपछि ३ महिनादेखि बन्द रहेको सौर्य एयरलाइन्सले उडान थाल्यो « Eglish Khabarhub

नयाँ समूहले किनेपछि ३ महिनादेखि बन्द रहेको सौर्य एयरलाइन्सले उडान थाल्यो



काठमाडौं । तीन महिनादेखि उडान बन्द गरेको सौर्य एयरलाइन्सले उडान भर्न थालेको छ । नयाँ समूहले किनेपछि सौर्य एयरलाइन्सले उडान भरेको हो । एयरलाइन्सले शुक्रबार भैरहवा र विराटनगर उडान भरेको हो ।

केही हप्ताअघि भारतको कुबेर समूहले यो एयरलाइन्स किनेको थियो ।

आर्थिक संकटका कारण एयरलाइन्सले गत मंसिर ११ गतेदेखि नियमित उडान भर्न सकिरहेको थिएन । मंसिर २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल सेवा शुल्क बापतको ४ करोड रुपैयाँ नतिरेको भन्दै उडानमा रोक लगाएको थियो ।

नयाँ समूहले एयरलाइन्स किनेपछि विमानस्थल कार्यालयलाई ५० लाख रुपैयाँ बुझाएको छ । बाँकी साढे ३ करोडमध्ये ५० लाख केही दिनभित्रै र २ करोड रुपैयाँ भने किस्ताबन्दीमा तिर्ने गरी नियमित उडान थालेको हो ।

Publish on: