वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बम विस्फोट, एक जना घाइते « Eglish Khabarhub

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बम विस्फोट, एक जना घाइते



काठमाडौं । वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष रोहन गुरुङको घरमा अज्ञात समूहले बम विस्फोट गराएकाे छ । बसुन्धरा सुन्दरमार्गस्थित अध्यक्ष गुरुङको घरमा बम विस्फोट हुँदा घरभित्र पार्किङ गरेर राखेको टोयटाको फर्चुनर गाडी पूर्ण स्वध्त भएको उनले बताए ।

विस्फोटमा परी सोही घरसँग पसल गरी बस्ने मनिराम पौडेल घाइते भएको प्रहरीले जानकारी गराएको छ । विस्फोटले त्यहाँ वरिपरिका घरको सिसा फुटेको प्रहरीले जनाएको छन् । विस्फोटहुँदा आगो समेत लागेको छ । अहिले त्यो आगो प्रहरीको सहायतामा दलकलले निभाइसकेको जनाइएको छ । विस्फोट सिलिण्डर नभएको र अन्य के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त घरमा अध्यक्ष गुरुङको टप जब्स मेनपावर र वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्ण बहादुर मल्लको सुनगाभा ओरियन्टेसन रहेको छ । अध्यक्ष गुरुङले उक्त विस्फोट साँझ ७ः४० मा भएको जानकारी गराएका छन् । उक्त क्षेत्रमा प्रहरीले सुरक्षा ब्यवस्थालाई निकै कडा बनाएको छ ।

Publish on: