स्पर्स लघुवित्तको सेयर बिक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ? « Eglish Khabarhub

स्पर्स लघुवित्तको सेयर बिक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?



काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण सेयर बिक्रीका लागि खुला गरेको छ ।

संस्थाले २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ४ हजार १४८ कित्ता कर्मचारीलाई र १३ हजार ४८२ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको जनाएको छ । संस्थाले सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता सेयर खुला गरेको छ ।

यो सेयरमा आवेदन दिन चाहने लगानीकर्ताहरुले आज (आइतबार) देखि फागुन २९ गतेसम्म समय रहेको छ । उक्त अवधिमा जारी गरेको सयेर बिक्री नभएको खण्डमा चैत २५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

लगानीकर्ताहरुले यो सेयरमा न्यूनतम १० देखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइने छ । आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृत लिएका सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

Publish on: