काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार सुरु भएको एक घन्टामा नै झण्डै १० अंकले घटेको छ ।
कारोबारको सुरुदेखि नै बजार ओरालो लाग्ने क्रममा देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ९.५५ अंकले घटेर १ हजार ११८.२२ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०६ अंकले घटेर २३७.६५ बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म तीन करोड ९४ लाख ६१६ रुपैयाँको सेयर किनबेच भएको छ ।
नौ वटा उप समूहको सेयर कारोबार भएको छ । जसमा सबै भन्दा बढी निर्जीबन बीमा समूहको ६४.७५ अंकले घटेको छ भने बैंकिङ समूहको ८.५५ अंकले घटेको छ ।
SHARE YOUR THOUGHTS