शिकागो । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदमा बाला घिमिरेले पनि उमेद्वारी दिने भएका छन । उपाध्यक्ष पदमा भिँड्ने उमेद्वारमध्ये बाला घिमिरेको पकड बलियो देखिएको छ ।
उनी अमेरिकाको इलिनोइस सिकागोका लागि पर्यटनदूत हुन् भने विगत लामो समयदेखि समाजसेवा र व्यवसायमा संलग्न छन् ।
शान्त, शालिन र नरम स्वभावका सामाजिक ब्यक्तित्व बाला घिमिरे अमेरिकामा रहे पनि नेपाल र नेपालीहरुको उत्थानका लागि निरन्तर खटिदै आएका छन् ।
सामाजिक सञ्जालमा ‘माइनसमा झरेको शिकागोको ठन्डीमा पनि एनआरएन अमेरिकाको एकाएक गरमागरम बनेको चुनावी माहौलले मलाई समेत तातो बनायो’ भन्ने अभिब्यक्ति दिएर समस्त नेपालीहरुको प्रतिनिधिमुलक संस्था एनआरएन अमेरिकाको बोर्ड पदाधिकारीमा आकांक्षी देखिएका घिमिरे उपाध्यक्षका बलियो दावेदार रहेको एनआरएन अमेरिका बृतमा चर्चा छ ।
प्रवासी नेपाली मञ्चका पुर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरे व्यक्तिगत, सामाजिक एवं व्यवसायिक क्षेत्रका एक सफल व्यक्तिका रुपमा चिनिन्छन ।
अमेरिकाको सिकागो स्थित मेयर एडभाइजरका बोर्ड सदस्य भइ काम गरेका घिमिरेले एनआरएनका विभिन्न टाक्स फोर्सका रहि काम गरेको लामो अनुभव समेत उनीसँग रहेको छ ।
नेपाल सरकारका पर्यटनदुत रहेका बाला घिमिरे शिकागोका ब्यबसायी पनि हुन । ब्यबसायी घिमिरेले आफ्नै अगुवाइमा अन्य २ संस्थासँग सहकार्य गरेर नेपालका पूर्वप्रधानमन्त्री, बिशिस्ट कर्मचारी, सामाजिक हस्तीहरुलाई सहभागि गराएर भर्खरै शिकागोमा नेशनल कन्भेन्सन सफलतापुर्बक सम्पन्न गरेका छन् ।
बरिष्ठ समाजसेवीको परिचय बनाएका घिमिरेले समाजसेवामा खटिएबापट अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामा, प्रदेश मन्त्री, अमेरिकाका मेयर लगायत विभिन्न व्यक्तित्वबाट सम्मान समेत पाएका छन् ।
SHARE YOUR THOUGHTS