१ पुस २०८२, मंगलबार

विनोद चौधरीको सम्पत्ति २२ अर्बले बढ्दा सरकारलाई तिर्ने कर बढ्यो कि बढेन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०१८ मा विनोद चौधरीको सम्पत्ति २२ अर्ब रुपैयाँले बढेको छ । केहीदिन अघि फोर्ब्स म्यागेजिनले सार्वजानिक गरेको रिपोर्टमा चौधरीको सम्पत्ति २२ अर्ब रुपैयाँले बढेको उल्लेख छ ।

चौधरीको सम्पत्ति त बढ्यो तर उनले राज्यलाई तिर्ने कर बढ्यो कि बढेन ? जनमानसबाट यस्ता प्रश्न उठेपछि चौधरी ग्रुपले विज्ञप्ती नै जारी गरेर चौधरीले राज्यलाई तिर्ने कर २२. ७२ प्रतिशतले बढेको जनाएको छ ।

आर्थिक बर्ष २०७४/०७५ माचौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले ९ अर्ब ६७ करोड रूपैयाँ राजस्व तिरेको चौधरी समूहले जनाएको छ । उक्त रकम आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वको १.६४ प्रतिशत हो ।

अघिल्लो वर्ष चौधरी ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजश्वमा तिरेको थियो ।

नेपालको कानूनले विदेशमा लगानी गर्न वा नेपाली पुँजी विदेश लैजान बर्जित गरेको छ । तर, चौधरी कानून छलेर विदेशमा लगानी गरी अर्बपतिको सूचिमा परेका हुन् ।

जसकारण फोर्ब्सको सूचिमा नेपालको पहिलो डलर अर्बपतिको रुपमा नाम चढाउन सफल चौधरी नेपालमा सबैभन्दा कर तिर्ने करदाताको रुपमा भने स्थापित हुन सकेका छैनन् ।

चौधरी ग्रुपले चालू आर्थिक बर्ष २०७५/०७६ मा नेपालमा २० अर्ब लगानी गर्दैछ । केही प्रोजेक्ट सम्पन्न भईसकेका छन् भने केहीकार्यान्वयन चरणमा रहेका छन् ।

यस्ता मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा, ताजभिभान्ताहोटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सि जी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदीएवं ४४ मेगावाट क्षमताको सुपर मादीजलविद्युत् आयोजनालगायत रहेका छन् ।

सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेकाउद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनिलगानीविस्तार गरिएको छ । जसमासिजीब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् ।

डिजिटल टेलिकम कम्पनी ‘सिजीलाईफसेल’ कार्यान्वयनको तयारीमा रहेको विज्ञप्तीमा उल्लेख छ । यस आयोजनामा मात्रै करिब २५ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ ।