२९ मंसिर २०८२, आइतबार

एकाघरका बैंकमा बीमा कम्पनीले ७ दिनमात्रै निर्ब्याजी पैसा राख्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले निर्जीबन बीमा कम्पनीले सञ्चालन गर्ने चल्ती खाताका लागि नयाँ निर्देशन जारी गरेको छ ।

समितिले एकाघरमा निर्जीबन बीमा कम्पनीहरुका लागि यस्तो निर्देशन जारी गरेको जनाएको छ ।

बीमा समितिले निर्देशन जारी गर्दै निर्जीबन बीमा कम्पनीहरुले बीमाकंको संस्थागत अभिकर्ता भई बीमाशुल्क संकलन गरे बापतको रकम समितिले तोकेको सीमाभित्र रही निब्र्याजी खातामा बढीमा ७ दिनसम्म जम्मा गर्न पाइने गरी संशोधन गरेको जनाएको छ ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ४५ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्याशंमा उल्लेख भएको व्यवस्था बमोजिम यस्तो निर्देशन दिएको समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।