काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
उक्त सेयरमा चैत ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा वैशाख ६ गतेसम्म आवेदन दिन मिल्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
३७ लाख ५ हजार कित्तामध्ये जसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीलाई छुट्टयाईएको छ भने बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने जनाइएको छ ।
उक्त सेयरमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँका दरले आवेदन दिन सकिने छ । साधारण सेयरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएपनि सरकारले घोषणा गरेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत साधारण सेयर निष्काशन हुने भएकोले प्रतिसेयर खरिद गर्न चाहनेले सेयर मूल्यको १० प्रतिशत रकम भुक्तानी गरेर आबेदन गर्न सकिने र बाँकी ९० प्रतिशत पूँजी भने आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्न सकिनेछ ।
लगानीकर्ताहरुले न्यूनतम एक सय देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहनले लगानीकर्ताहरुले सि–आस्वा सदस्या प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । ३७ मेगावटको आयोजनामा ८ अर्ब २२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत पहिलो साता सेयर जारी हुने र त्यसको पहिलो सेयर आफैले खरिद गर्ने बताएका छन् । तर उनले कति किन्ने भन्ने अहिलेसम्म पनि खुलाइएको छैन ।
SHARE YOUR THOUGHTS