१७ सय मेगावाटको विद्युत् खरीद सम्झौता, वित्तीय व्यवस्थापन गर्न नसक्दा निर्माणमा जान सकेनन् « Eglish Khabarhub

१७ सय मेगावाटको विद्युत् खरीद सम्झौता, वित्तीय व्यवस्थापन गर्न नसक्दा निर्माणमा जान सकेनन्



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत फागुन मसान्तसम्म कूल १ हजार ७३४ मेगावाट क्षमता बराबरको आयोजनाका प्रवृद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ ।

गत चैत ७ देखि गत फागुन २३ गतेसम्म ती परिमाणका आयोजनाको विद्युत् खरीद स्म्झौता भएका हुन् ।

विद्युत् खरीद सम्झौता भएका अधिकाशं आयोजना एक वर्षभित्र निर्माणमा जानुपर्ने छ ।

तर विगतका वर्षहरुमा सम्झौता भएका त्यस्ता कुनै पनि आयोजना हालसम्म निर्माणमा जान भने समस्या भएको जनाएका छन् । एकाध आयोजना मात्रै निर्माणमा गएका छन् ।

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न समेत नमानेका कारण पिपिए भएका आयोजना समेत निर्माणमा जान नसकेको बताइन्छ ।

सम्झौता भएका अधिकाशं प्रवद्र्धकले वित्तीय व्यवस्थापन गर्न समेत सकेका छैनन् । जसका कारण निर्माणमा जान समेत उनीहरुलाई समस्या परेको छ ।

प्राधिकरणका ग्राहक ३ लाखले बढे

नेपाल विद्युत् प्राधिकरणले गत चैतदेखि गत फागुनसम्म ३० अर्ब ५ करोड ५१ लाख ४६ हजार बराबरको विद्युत् महसुल संकलन गरेको छ । प्रत्येक वर्ष विद्युत् महसुल संकलनमा समेत बढोत्तरी हुँदै आएको छ ।

गत वर्ष २६ अर्ब १७ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको विद्युत महसुल संकलन भएको थियो । यस्तै कूल ग्राहक संख्या गत वर्ष ३८ लाख ३२ हजार ०४३ रहेकोमा यस अवधिमा ३ लाख २ हजार ५८८ ग्राहक संख्याले वृद्धि भई हाल ४१ लाख ३४ हजार ६०१ पुगेका छन् ।

Publish on: