काठमाडौं । शिवम् सिमेन्ट र युनिभर्सल पावर कम्पनीको सेयर कारोबार आज (बिहीबार) देखि सुरु भएको छ ।
शिवम्ले नेप्सेबाट कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसादेखि अधिकमत ४८४ रुपैयाँ ८० पैसासम्म रेन्ज पाएको छ । यस्तै शिवमले सेयर कारोबार गर्नको लागि ‘एसएचआइभीएम’ संकेत पाएको छ ।
यस्तै युनिभर्सल पावर कम्पनीको पनि सेयर कारोबार सुरु भएको छ । युनिभर्सलले नेप्सेबाट सेयर कारोबारका लागि न्यूनतम १०१ रुपैयाँ ११ पैसादेखि अधिकतम ३०३ रुपैयाँ ३३ पैसासम्मको रेञ्ज पाएको छ । यूनिभर्सलको कारोबारमा लागि युपिसिएल संकेत पाएको छ।
SHARE YOUR THOUGHTS