मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण भएन शिवम सिमेन्ट र युनिभर्सल पावरको सेयर कारोबार


काठमाडौं । शिवम सिमेन्ट र युनिभर्सल पावर कम्पनीको सेयर कारोबार आइतबार मात्रै हुने भएको छ ।

सेयर कारोबारमा लागि साताको अन्तिम बिहीबार कारोबार खुला भएपनि नेप्सेको नयाँ सिस्टमका कारण दुवै कम्पनीको आज सेयर कारोबार हुन नसकेको हो ।

अनलाइन प्रणालीआएसँगै सेयर कारोबार हुने कम्पनी पौने ११ बजे भन्दा अघि नै नेप्सेको सिस्टममा लिंक भइसकेर कारोबार खुला भइसकेको हुनुपर्ने छ । यो नभएको खण्डमा पहिलो दिन सेयर कारोबार हुँदैन ।

सिस्टममा लिंक भएर ११ बजेसम्ममा कारोबार नभएमा त्यसदिन कारोबार नहुने नेप्सेका एक अधिकारीले बताए । अब यी दुवै कम्पनीको सेयर कारोबार आइतबार मात्रै हुनेछ ।