काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्री बि जलविद्युत आयोजनाको सेयर खरिद गरेकै दिन दोस्रो बजार भने राताम्ये भएको छ । निरन्तर जस्तै ओरालो लागेको सेयर बजारमा प्रधानमन्त्री ओलीले नै पहिलोपटक सेयरमा लगानी गरेको दिन नै राताम्ये भएको छ ।
साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेप्से सूचक ६.८६ अंकले घटेर ११४०.६० बिन्दुमा रोकिएको छ । यो दिन १७१ कम्पनीको ९ लाख ७४ हजार ७२६ कित्ता सेयर २७ करोड २४ लाख ९४ हजार ५६५ रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिन कारोबारको सुरु देखि नै बजारमा गिरावट देखिएको थियो, जुन अन्तिम सम्म नै कायम रह्यो । यो दिन ११ उप समुहको कारोबारमा ४ वटा उप समूहको मात्र सेयर बजारमा सुधार देखिएको छ ।
यो दिन होटल, विकास बैंक, उत्पादत तथा प्रशोधन र अन्य उपसमूहको कारोबारमा सुधार देखिएको छ भने बाँकी सबैको कारोबारमा गिरावट देखिएको छ । सबै भन्दा बढी निर्जीबन बीमा उप–समूहको ६९.१८ अंकले घटेको छ । यस्तै जीवन बीमा ६१.७६, माइक्रोफाइनान्स १०.४६, बैंकिङ उप समूहको ७.१९ अंकले गिरावट आएको छ ।
साताको अन्तिम दिन कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । नेपाल लाइफको २ करोड ४ लाख ४२ हजार ९७० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै ग्लोबल आईएमईको संस्थापक सेयर र सिटिजन्स बैंक इन्टरनेशनल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यो दिन आशा लघुवित्त वित्तीय संस्था, भागर्व विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, किसान माइक्रोफाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS