कृषि, उर्जा र पर्यटनमा तोकेजति ऋण नदिने बैंकसँग राष्ट्र बैंकले हर्जना ब्याज असूल्ने « Eglish Khabarhub

कृषि, उर्जा र पर्यटनमा तोकेजति ऋण नदिने बैंकसँग राष्ट्र बैंकले हर्जना ब्याज असूल्ने



काठमाडौं । कृषि, उर्जा र पर्यटन लगायतका सरकारले तोकेका प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको ऋण नदिने बैंक तथा वित्तीय संस्थासँग राष्ट्र बैंकले हर्जना ब्याज असूल गर्ने भएको छ ।

पटकपटक निर्देशन दिँदा पनि बैंक तथा वित्तीय संस्थाहरुले सरकारले तोकेको क्षेत्रमा तोकेअनुसारको कर्जा प्रवाह नगरेपछि राष्ट्र बैंकले हर्जना ब्याज लगाउने कडा व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्र बैंकले बिहीबार एक पत्रिपत्र जारी गर्दै ‘तोके अनुसार कर्जा प्रबाह नगरेमा वा कम प्रबाह गरेमा न्यूनतम रुपमा पुर्याउनुपर्ने रकममा हुन आउने रकममा बैंक तथा वित्तीय संस्थाले लिने अधिकतम ब्याजदरले हुने रकम हर्जना लगाइने छ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ, ‘यसरी हर्जना लगाउँदा त्यस्तो नपुग रकमको त्रैमासिकरुपमा हुन आउने ब्याज रकम निर्धारण गरी सोही बराबरको रकम हर्जना कायम गरिने छ ।’ 

Publish on: