काठमाडौं । बरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर मदनकुमार दाहालको निधन भएको छ । प्यानक्रियाजको समस्याबाट ग्रस्त दाहालको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
झन्डै ४ दशक अध्यापन पेशामा सक्रिय दाहाल मेगा बैंकका संस्थापक अध्यक्षसमेत हुन् । उनले अर्थशास्त्रीहरुको छाता सङ्गठन नेपाल आर्थिक सङ्घको अध्यक्ष भएर पनि काम गरेका थिए ।
दाहालका धेरै अनुसन्धान र पुस्तकहरु प्रकाशित छन् ।
तथ्यपरक ढंगले अर्थतन्त्रको विश्लेषण गर्ने दाहाल संघीयता नेपालका निम्ति अर्थशास्त्रीय दृष्टिकोणले अभिसाप हुने बिचार राख्थे । बामपन्थी बिचारधारासँग निकट रहेका दाहालले सँधै राजनीतिक बिचारभन्दा माथि उठेर काम गरेको अर्थशास्त्रीहरु बताउँछन् ।
ब्रम्हले देखेको सत्य कुरा राख्न नडराउने दाहालको निधनले नेपालको अर्थशास्त्र र अनुसन्धानको क्षेत्रमा ठूलो क्षति भएको अर्थशास्त्रीहरुको ठहर छ ।
SHARE YOUR THOUGHTS