१ पुस २०८२, मंगलबार

धितोपत्र बोर्डमा लगानीकर्ताले ताला लगाए, सेयर बजार विकासको बाधक भएको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार विकासको मूख्य बाधक नेपाल धितोपत्र बोर्ड भएको आरोप लगाउँदै लगानीकर्ताहरुले तालाबन्दी गरेका छन् । धितोपत्र बोर्डको जावलाखेलस्थित कार्यालयमा लगानीकर्ताहरुले कार्यालय खुल्नुअघि आइतबार बिहान ९ बजे तालाबन्दी गरेका हुन् ।

‘राज्यलाई अटेर गर्ने धितोपत्र बोर्ड विरुद्ध हाम्रो यो निर्णायक आन्दोलन हो,’ लगानीकर्ता हरि ढकालले क्लिकमाण्डूसँग भने, ‘हाम्रो माग पूरा नभएसम्म ताला खोल्दैनौं ।’

गत मंसिरमा पुँजी बजारसम्बन्धी माग राखेर लगानीकर्ताहरु अनसन बसेका थिए । सरकारले लगानीकर्ताका माग सम्बोधन गर्न कार्यदल गठन गर्यो । र, कार्यदलले लगानीकर्ताका माग पूरा गर्न भन्दै ५८ बुँदे सुझाब दिएको थियो ।

तर, धितोपत्र बोर्डले सरकारले भनेको ५८ बुँदे कार्यान्वयन नगरेर बोर्डले सरकारलाई ठाडो चुनौति दिएको लगानीकर्ताहरुको भनाई छ ।

‘धितोपत्र बोर्डले सरकारलाई चुनौति दिएको छ, बोर्डको नेतृत्वको घमन्डका कारण आज यो अवस्था आएको हो,’ ढकालले भने ।

लगानीकर्ताहरुले मर्यादित ढंगले आफ्ना मागहरु राख्दा धितोपत्र बोर्डले अमर्यादित भएको भन्दै विज्ञप्ती निकालेर लगानीकर्तामाथि गंभीर आरोप लगाएको उनको भनाई छ ।

‘हामी मर्यादित छौं, अमर्यादित र पुँजी बजारको विकासको बाधक त धितोपत्र बोर्ड हो,’ उनले भने ।

धितोपत्र बोर्डको नेतृत्वमा डा. रेवतबहादुर कार्की र निरज गिरी छन् । कार्कीको दम्भलाई गिरिले पनि साथ दिएका कारण धितोपत्र बोर्डको काम कारबाहीले हैरान बनाएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।