काठमाडौं । लगानीकर्ताको तालाका कारण धितोपत्र बोर्डका ३ कर्मचारी कार्यालयभित्रै थुनिएका छन् ।
शिक्षा तथा तालिम शाखामा कार्यरत राजुबहादुर जीसीसहित ३ कमर्जारी कार्यालयभित्रै थुनिएका हुन् । कर्मचारी युनियनका अध्यक्षसमेत रहेका जीसी बिहान ८ बजेतिर कार्यालय पुगेका थिए ।
त्यसैगरी, २ जना सफा गर्ने कर्मचारीहरु थुनिएका हुन् ।
लगानीकर्ताहरुले बिहान ९ बजे नै बोर्डको जावलाखेलस्थित कार्यालय पुगेर तालाबन्दी गरेका थिए ।
कर्मचारीहरु भित्रै थुनिए पनि लगानीकर्ताहरुले ताला नखोल्ने बताएका छन् ।
SHARE YOUR THOUGHTS