इलेक्ट्रिक गाडिका लागि वायरलेस चार्ज सिस्टम राख्ने पहिलो शहर बन्यो ओस्लो « Eglish Khabarhub

इलेक्ट्रिक गाडिका लागि वायरलेस चार्ज सिस्टम राख्ने पहिलो शहर बन्यो ओस्लो




काठमाडौ । पेट्रोलियम गाडिका कारण प्रदुषण निकै बढेकाले विद्युतीय गाडि निर्माणमा गाडि निमार्ताहरुले जोड दिँदै आएका छन । तर विद्युतीय गाडिका लागि चार्ज गर्ने ठाउँको सहजता र चार्ज गर्ने तरिका पनि संसारभर उत्तिकै बहसको विषय बन्दै आएको छ ।

गाडि चार्ज गर्ने विविध तरिकामध्ये विशेष चासोका रुपमा हेरिएको विषय हो वायरलेस चार्जिङ सिस्टम । नर्वेको राजधानी ओस्लो इलेक्ट्रिक ट्याक्सीका लागि वायरलेस चार्ज सिस्टम राख्ने विश्वको पहिलो शहर बनेको छ । यो योजनाले चार्ज छिटो छरितो रुपमा गर्ने र प्रदुषणमुक्त गाडि बृद्धि हुने विश्वास गरिएको छ । यो योजनाले इन्डक्सन प्रविधि प्रयोग गर्ने बताइएको छ ।

सन २०२३ देखि ओस्लोका सबै ट्याक्सी प्रदुषण रहित हुनुपर्ने छ भने सन २०२५ देखि त सम्पुर्ण नयाँ कारहरु प्रदुषण रहित हुनुपर्ने भनिएको छ । ब्रिटेन र फ्रान्सले पनि सन २०४० सम्ममा यो योजना लागु गर्ने बताएका छन ।

युरोपियन अटोमोवाइल निर्माता संघले जनाए अनुसार नर्वेले सन २०१८ मा ४६ हजार १ सय ४३ नयाँ ब्याट्री इलेक्ट्रिक कार किनेको थियो जुन यरोपको सबैभन्दा धेरै हो । त्यसै गरी जर्मनीले ३६ हजार २ सय १६ र फ्रान्सले ३१ हजार ९५ वटा विद्युतीय गाडि किनेको थियो ।

Publish on: