साल्ट ट्रेडिङ कर्पोरेशन घरजग्गा व्यवसायमा, चन्द्रागिरी नगरपालिकामा घर बनाएर बेच्ने « Eglish Khabarhub

साल्ट ट्रेडिङ कर्पोरेशन घरजग्गा व्यवसायमा, चन्द्रागिरी नगरपालिकामा घर बनाएर बेच्ने



P

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले घरजग्गामा लगानी गर्ने भएको छ । यसको लागि कम्पनीले फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ ।

यस्तै कम्पनीको लगानी रहेको उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको जानकारी दिएको छ ।

लिमिटेडको ५२ औं वार्षिक साधारणसभामा यसको जानकारी दिइएएको छ । साधारणसभाले आर्थिक वर्ष २०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा  १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।

कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गत आर्थिक वर्षमा ९ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको जानकारी दिए ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराए ।

चिनी आयातमा भएको व्यवधान वारे जानकारी गराउदंै उनले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताए ।

कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म रु.४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको जानकारी उनले दिए ।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५।०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन, डिएपी २०,००० मे. टन र पोटास २५०० मे. टन आयात भईसकेको र वाकी परिमाण यसै आ.व. को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले जानकारी दिए ।

Publish on: