काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको साधारण सेयरमा ६६ करोड ३३ लाख ६३ हजार दुई सय रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले चैत ७ देखि आज (चैत ११ गते) सम्म सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८५० कित्ता सेयर जारी गरेको थियो । ३७ लाख ५ हजार कित्ता सेयर मध्ये १ लाख ११ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
प्रति कित्ता एक सय रुपैयाँ पर्ने सेयर अहिले प्रतिकित्ता १० रुपैयाँमा आवेदन दिइएको छ भने बाँकी रकम दोस्रो चरणमा कम्पनीले माग गर्ने बताइएको छ । यसमा न्यूनतम १ सय कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिने व्यवस्था मिलाईएको थियो । ‘जनताको जलविद्युत कार्यक्रम’’ अन्तर्गत यो सेयरमा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
SHARE YOUR THOUGHTS