काठमाडौं । सनराइज बैंकले एक अर्ब रुपैयाँकोे ‘१० प्रतिशत सनराइज डिबेञ्चर (ऋणपत्र) २०८०’ बिक्री गर्ने भएको छ । बैंकले प्रतियुनिट एक हजार रुपैयाँका १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।
१० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि र ६ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।
पाँच वर्ष अवधिको ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।
ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । यो ऋणपत्रमा आवेदन दिनका लागि सि–आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट सकिने छ । ऋणपत्रमा प्रति कित्ता एक हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
ऋणपत्रमा चैत २० गतेदेखि बिक्री खुला हुने छ । यो छिटोमा चैत २५ गते र त्यो अवधिमा नबिकेको खण्डमा आगामी वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ ।
SHARE YOUR THOUGHTS