नेपालमा कार उत्पादन गर्ने स्वीकृति पाएको कोरियाली कम्पनीको सेयर मूल्य लगातार घट्दो « Eglish Khabarhub

नेपालमा कार उत्पादन गर्ने स्वीकृति पाएको कोरियाली कम्पनीको सेयर मूल्य लगातार घट्दो



काठमाडौं । नेपालमा कार उत्पादन गर्नका लागि लगानी बोर्डले स्वीकृति दिएको कोरियन कम्पनी एमएस मोटेक्सको सेयर मूल्य लगातार ओरालो लागेको छ ।

पछिल्ला ५ वर्षदेखि लगातार गिरावट आएको मेटेक्सको सेयर मूल्य पछिल्लो एक महिना तीब्र गतिमा ओरालो लागेको छ ।

भेइकल म्यानुफ्याक्चरिङ एसेम्बल प्लान्ट स्थापना गर्ने लक्ष्यका साथ सरकारले केही दिन पहिले मात्रै सो कम्पनीको प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको लगानी बोर्डले उक्त कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो ।

नेपालमा अर्बौं रकम खर्चि गरेर गाडी उत्पादन गर्न स्वीकृति पाएको कम्पनी कस्तो छ त ? यसबारे खोज्दा नेपालमा कार उत्पादन गर्ने स्वीकृति पाएको मेटेक्सको सेयर मूल्य लगातार घट्दो क्रममा देखिएको छ ।

आज मात्रै सो कम्पनीको सेयर मूल्य ३ हजार ९९५ कोरियाली वनमा कारोवार भएको छ । केही महिना पहिले ५ हजार कोरिायाली वनमा कारोवार भएको सो कम्पनीको सेयर मूल्य लागातार ओरालो लागेको छ ।

एक वर्ष पहिले ६ हजार ७६० कोरिायाली वनमा कारोबार भएको सो कम्पनीको लगातार सेयर मूल्य ओरालो लागेको हो ।

बजार बढ्ने क्रममा भन्दा पनि घट्ने क्रममा रहेका कारण सेयर बजारमा लगानी गर्नेहरुको उत्साह एकदमै कम छ ।

ब्लूमवर्गका अनुसार ५ वर्ष पहिले पनि सो कम्पनीको सेयर मूल्य अधिकतम रुपमा ७ हजार ५६० कोरियाली वनमा मात्रै रहेको थियो ।

कम्पनीको १ वर्षको रिर्टन ३९.२४ प्रतिशतले घटेको छ । यस्तै इपिएस मात्रै ९०९ रहेको छ । पछिल्लो डिसभडेन्ट रिपोर्ट अनुसार शेयर लगानीकर्ताले १४२.६ प्रतिशत पाएका छन् ।

कम्पनीको कूल बजार पूँजीकरण मात्रै १०९.४११ वन छ ।

सरकारले १० अर्ब ५४ करोड रुपैयाँमा लगानी गर्ने स्वीकृति दिएको छ । नेपालमा वार्षिक ५० हजार थान सवारी साधन उत्पादन गर्ने भन्दै कम्पनीले कारखाना स्थापना गर्ने बताएको छ ।

नेपालमा नै कारखाना स्थापाना भएको खण्डमा सवारी साधानको मूल्यमा ४० प्रतिशत सम्म कमी आउने बताइएको छ । बोर्डको कार्यालयमा गत माघ २५ गते आवेदन परेको थियो ।

Publish on: