अख्तियारका पूर्वआयुक्त राजनारायण विरुद्ध भष्ट्रचारको मुद्दा दायर « Eglish Khabarhub

अख्तियारका पूर्वआयुक्त राजनारायण विरुद्ध भष्ट्रचारको मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयोगले भष्ट्रचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार आफ्नै पूर्व आयुक्त विरुद्ध भष्ट्रचारको मुद्दा दायर गरेको हो । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।

त्यसको भिडियो सार्वजनिक भएपछि पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट राजिनामा दिएका थिए ।

अख्तियारले विशेष अदालतमा पाठक विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारको इतिहासमा आफ्नै आयुक्त विरुद्ध भष्ट्रचारको मुद्दा दायर भएको पहिलो पटक हो ।

पाठक विरुद्ध ७८ लाख बिगो दावी सहित मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

Publish on: