काठमाडौ । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्वन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकले देश भर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गरि कारोबार प्रारम्भ गरेको छ ।
सम्झौतामा ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन ।
SHARE YOUR THOUGHTS