काठमाडौं । जनताको जलविद्युत् अन्तर्गतको ३७ मेगावाट विद्युत उत्पादनको त्रिशूली थ्री बी आयोजनाको सेयर बाँडफाँड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले १०/१० हजार कित्ताका लागि आवेदन दिएका थिए ।
बिहीबार दिउसो उर्जा मन्त्रालयमा भएको सेयर बाँडफाँडमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई २०/२० कित्ता मात्रै सेयर परेको छ ।
त्यसैगरी, उर्जामन्त्री वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले पनि २०/२० कित्ता सेयर पाएका छन् । पुन र घर्तीले १ हजार कित्ताका लागि आवेदन दिएका थिए ।
त्रिशूली थ्री बी को आईपिओमा १ लाख ५४ हजार ५५९ आवेदन सदर भएको थियो । जसमध्ये प्रधानमन्त्री र उर्जामन्त्रीसहित १ लाख ४ हजार २९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् ।
बाँकी रहेका ५० हजार २६७ जना आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । यसो गर्दा ५० हजार २६७ जनाले ३०/३० कित्ताका दरले सेयर पाएका छन् ।
SHARE YOUR THOUGHTS