२९ मंसिर २०८२, आइतबार

एसेम्बल उद्योगबारे शेखरको ब्रिफः दैनिक ३०० बाइक उत्पादन गरिरहेको छु, अझै लगानी थप्दैछु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोल्छा अर्गनाइजेशनले नेपालमै बजाज बाइकको एसेम्बल प्लान्ट राखेर बाइक उत्पादन थालेको एक वर्ष भइसक्यो । तर, आजसम्म पनि शेखर गोल्छाले बाइक उत्पादनको विवरण सार्वजानिक गरेका थिएनन् ।

गोल्छाले अहिलेसम्म नेपालमै उत्पादन गरिएका बाइकलाई ब्राण्डिङ गरेर बेचेका छैनन् । त्यसभित्रको अन्तर्कथा उनी आफैं जानुन् ।

तर, लगानी सम्मेलनमा शेखरले आफ्नो एसेम्बल प्लान्ट बारे विदेशी लगानीकर्ताहरुलाई जानकारी गराएका छन् ।

‘नेपालमै एसेम्बल प्लान्ट राखेर बाइक तथा गाडीहरु उत्पादन गर्न सकिन्छ, गोल्छा अर्गनाइजेशनले दैनिक ३०० बाइक उत्पादन गरिरहेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षसमेत रहेका गोल्छाले लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुलाई सुनाए, ‘हामी एसेम्बलका लागि चाहिने अन्य सपोर्टिङ वस्तुहरुको उत्पादन गर्ने उद्योग स्थापनाको तयारीमा छौं ।’

आफ्नो उदाहारण दिँदै गोल्छाले नेपालमा सवारीसाधनको एसेम्बल उद्योगको संभावना रहेको बताए । आफ्नो एसेम्बल उद्योगमा १००० जनाले रोजगारी पाएको उनले सुनाए । गोल्छा अर्गनाइजेशले नवलपरासीमा प्लान्ट राखेर बाइक उत्पादन गर्दै आएको छ ।

गोल्छाले सरकारले पनि एसेम्बल उद्योगलाई गंभीरतापूर्वक लिनुपर्ने सुझाब दिए । भारतमा एसेम्बल उद्योगको राम्रो विकास भएको उदाहारण दिँदै नेपालमा पनि ठूलो संभावना रहेको उनले बताए ।