काठमाडौं । बजाज कम्पनीले निर्माण गरेको बजार डोमिनार–४०० मोडलको मोटरसाइकल निकै लामो समयदेखि पर्खाइको वाइक बनेको छ । तर यसको मूल्य अझैसम्म सार्वजनिक गरिएको थिएन ।
विगतका निर्माण गरिएका बाइकमा भन्दा यसका धेरै विषेशता थपेको कारण पनि यो बाइकको पर्खाइमा धेरै मोटरसाइकल पारखीहरु रहेको बताइएको छ ।
उक्त मोटरसाइकल बनिसकेपनि त्यसको मूल्य अहिले सम्म गुपचुपमै राखिएको थियो ।। हालै बजाजका डिलरहरुले उक्त बाइकको मूल्य सार्वजनिक गरेका छन । डिलरहरुले सार्वजनिक गरे अनुसार उक्त बाइकको मूल्य भारतमा १ लाख ७३ हजार भारु कायम भएको छ ।
बजाज डोमिनार –४०० मोडलले रोयल इन्फिल्ड ३५०, होन्डा सिवी ३०० आर, केटिएम २५० डयुक जस्ता अन्य वाइकको प्रतिस्पर्धि बन्ने अनुमान गरिएको छ ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS