१ पुस २०८२, मंगलबार

रोयल इन्फिल्डले ७ अर्ब भारु लगानीमा ९ लाख ५० हजार बाइक बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । रोयल इन्फिल्डले मोटरसाइकल उत्पादन बृद्धि गर्नका लागि सन २०१९÷२० मा ७ अर्ब भारतीय रुपैंया लगानी गर्ने भएको छ । चालु आर्थिक वर्षमा गर्ने उक्त लगानीबाट ९ लाख ५० हजार मोटरसाइकल उत्पादन गर्ने लक्ष्य लिएको समेत कम्पनीले स्पष्ट पारेको छ ।

भारतको चेन्नाईमा रहेको दुइ पाङग्रे उत्पादक कम्पनीले उक्त निर्णय गरेको हो ।

कम्पनीको लगानी योजनाबारे बोल्दै इचर मोटर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लालले भनेका छन्– ‘यो वर्ष रोयल इन्फिल्डले आगामी परिवर्तनहरुप्रति केन्दि«त रहनेछ जसले उत्पादनको क्षमता बृद्धि गरी ग्लोबल प्लेटफर्ममा समेत टेवा पुर्याउनेछ ।’

कम्पनलीले थाइल्याण्डमा आफ्नो एसेम्बिङ प्लान्ट समेत बनाइरहेको छ, जुन भारत बाहिरको पहिलो प्लान्ट हुनेछ ।